काठमाडौं । नेपालीे दूरसञ्चार क्षेत्रको नियमन गर्नका लागि स्थापना गरिएको नेपाल दूरसंचार प्राधिकरण अहिले छ कि छैन् भन्ने अवस्थामा पुगेको छ । दूरसञ्चार क्षेत्रलाई नियमन गर्दै व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने जिम्मेवारीमा रहेको प्राधिकरण पछिल्ला दिनमा केवल तालुक मन्त्रालय र शक्ति केन्द्रको स्वार्थसिद्धि गर्ने हतियारमात्र बन्दै गएको छ । दूरसंचार ऐन २०५३ मै प्राधिकरण अविच्छन्न उत्तराधिकारीवाला…