काठमाडौं । नेपालको राजनीतिमा सोमबार र मंगलबार उथलपुथल चलिरहँदा यता नेपाल टेलिकमको प्रवन्ध निर्देशक (एमडी) छनोट प्रक्रिया अघि बढेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको एमडी बन्नका लागि आवेदन दिएका आवेदनकर्ताहरुलाई विभिन्न समयमा अन्तरवार्ता र कार्यपत्र प्रस्तुतीकरणका लागि आह्वान गरेर यसको सुरुवात गरेको हो । खासगरी संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले…