ओम निटिङ इन्डष्ट्रिजका अध्यक्ष बासुदेबप्रसाद गौतम निर्यात व्यापार क्षेत्रको परिचित नाम हो । सरल र मिलनसार स्वाभावका गौतमको जनसम्पर्क प्रशंसालायक छ । २३ वर्षदेखि निर्यात व्यवसायमा संलग्न उनी नेपाल उद्योग वाणिज्य महासंघको क्रियाकलापमा पनि विगत १३ वर्ष यता सक्रिया भुमिका निर्वाह गर्दै आएका छन् । महासंघका तत्कालिन अध्यक्ष चण्डीराज ढकालको समयमा विधान संसोधन समितिका सदस्य…