काठमाडौं । नेशनल ट्रेडिङले भारतीय नाकाबन्दीको समयमा आएको थप १० हजार थान ‘इन्डक्सन चुलो’ पनि प्रतिगोटा ४ हजार रुपैयाँका दरले बिक्री गर्न थालेको छ । चीनले अनुदानमार्फत कुल ११ हजार ३ सय थान इक्डक्सन चुलो पठाएकोमा दोस्रो चरणमा आएको १० हजार थान पनि पुरानै मूल्यमा बिक्री शुरु गरिएको नेशनल ट्रेडिङका महाप्रबन्धक लबराज जोशीले बताए ।…