काठमाडौं । गत हप्ताको शुक्रबारयता सोमबारसम्म लगातार स्थिर मूल्यमा कारोबार भईरहेको सुनको मूल्य आज एकाएक प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो ४ दिनदेखि प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज एकाएक बढेर प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँ…