Logo

निजी लगानीलाई राज्यले संरक्षण गर्दा राज्यको स्रोत बढ्छ, बेरोजगारी समस्याको हल पनि हुन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेशहरुबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । लमजुङ उद्योग वाणिज्य संघको ३५ औं साधारणसभा तथा ४६ औं स्थापना दिवसलाई सोमबार बेशीसहरमा सम्बोधन गर्दै ढकालले प्रदेशहरुबीच लगानीमैत्री नीति नियम तर्जुमा गर्दै लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताए । हाल स्थानीय तह र प्रदेश सरकारमा लगानीमैत्री वातावरण…