Logo

माघ १५ सम्म विद्यालय बन्द होला ? शिक्षा मन्त्रालयले आज निर्णय लिने

माघ १५ सम्म विद्यालय बन्द होला ? शिक्षा मन्त्रालयले आज निर्णय लिने



काठमाडौं । कोभिड–१९ को संक्रमण बढेसँगै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ((सिसिएमसी)को सिफारिसअनुरुप विद्यालय बन्दबारे आज निर्णय हुने भएको छ ।

laxmi

जनस्वास्वास्थ्यविदहरूको राय अनुसार आइतबार मात्र केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिडबारे बिफ्रिङको तेस्रो दिन बसेको सिसिएमसिसीको बैठकको १३ बुँदे निर्णयअनुसार थप निर्णय गर्न आज सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठक बस्दैछ ।

सिसिएमसिसीका प्रवक्ता सुनिता नेपाल बालबालिकामा कोभिडको जोखिम बढेको भनि स्वास्थ्य मन्त्रालयलयको सिफरिसका आधारमा विद्यालय बिदा दिन सिफारिस गरिएको बताउँछिन् । ‘अहिले धेरै विद्यालयमा हिउँदे बिदा छ, यसलाई लम्ब्याउन सिफारिस गरिएको हो,’ उनले भनिन् ।

सिसिएमसिसीले शिक्षा मन्त्रालयमार्फत निर्णय गराएर संघीय मामिला तथा सामान्य प्रशासन हुँदै प्रदेश र स्थानीय तहलाई सिफारिस गर्न भनेको हो । सरकारले आधारभूत तथा माध्यमिक तहका विद्यालयमा आगामी १५ माघसम्म भौतिक कक्षा बन्दको तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL