काठमाडौं । उपत्यकामा भएका मापदण्डविपरित पेट्रोलपम्प हटाईने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने जानकारी दिएका हुन । महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीले शुक्रबार आयोजना गरेको ‘कलङ्की क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि छलफल’मा उनले काठमाडौँको ट्राफिक सुधारका लागि सडक वरपर मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाउन लागेको जानकारी दिएका हुन…