काठमाडौं । हुन्डाई आई २० भारतको ‘कार अफ दी इयर’ घोषित भएको छ । तेस्रो पुस्ताको आई २० लाई सन् २०२१ का लागि भारतको कार अफ दी इयर विजेता घोषणा गरिएको हो । आई २० ले निर्णायकमण्डलबाट १०४ अंक प्राप्त गरी शीर्ष विजेता बनेको हो । प्रतिस्पर्धामा किया सोनेट दोस्रो हुँदा महिन्द्रा थार तेस्रो भयो…