काठमाडौँ । तीव्ररूपमा बढिरहेको बढ्दो उमेरको जनसंख्या र कीर्तिमानीरूपमा कम हुँदै गएको न्यून जन्मदरका कारण आगामी ३० वर्षमा दक्षिण कोरियाली युवाहरूको संख्या आधा हुने अपेक्षा गरिएको मुलुकको तथ्याङ्क निकायले सोमबार बताएको छ । तथ्याङ्क कोरियाका अनुसार सन् २०२० मा १९ देखि ३४ वर्ष उमेर समूहको संख्या कूल जनसंख्याको २० दशमलव चार प्रतिशत अर्थात एक करोड…