काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले सरकारी स्वामित्वमा रहेका विभिन्न उद्योगहरु सरकारले बेचेर खाएको आरोप लगाएका छन । उनले यसअघिका सरकारको माथिल्लो ओहोदामा बसेका केही ब्यक्तीहरुले सरकारी स्वामित्वमा रहेका कतिपय उद्योगहरुलाई निजीकरण गर्दै बेचेर खाएको आरोप लगाएका हुन । आईतबार नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको १५ औं बार्षिक साधारण सभामा बोल्दै उनले…