काठमाडौं । संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले घाटामा गएका कम्पनीहरुको सर्वसाधारणमा सेयर (आईपीओ) जारी गर्न नहुने बताए । सार्वजनिक लेखा समितिको निर्णयको विरोधमा उत्रिएका स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष लगायत प्रतिनिधिलाई सभापति पोखरेलले ऊर्जा उत्पादकहरुले सर्वसाधारण जनतालाई ऋणको भारी बोकाएर उम्किन नमिल्ने बताएका हुन् । ‘स्थानीय जनता वा सर्वसाधारणलाई १० प्रतिशत सेयर…