काठमाडौं । जनता बैंकले एकैदिन ६ नयाँ शाखा कार्यालय संचानमा ल्याएको छ । बैंकले बुधबार विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखा कार्यालयहरु विस्तार गरेको हो । बैंकले बुधबार नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा उक्त नयाँ शाखाहरु…