काठमाडौं । सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङलाई ५० थान पीपीई हस्तान्तरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमासमेत केहि मानिसमा देखिएकाले गण्डकी प्रदेशलाई उक्त सामग्री हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ…