काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिल्यै मौद्रिक नीतिको भविष्यवाणी गर्न नसकिने बताएका छन् । मंगलबार नेपाल उद्योग वाणज्य महासंघले आयोजना गरेको आगामी आर्थिक बर्षको मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले भविष्यवाणी गरिएकोजस्तो मौद्रिक नीति नआउने बताएका हुन् । ‘पछि आउने मौद्रिक नीतिको अहिल्यै भविष्यवाणी गर्न सकिँदैन, यस्तो आउँछ या उस्तो आउँछ भन्न सकिने…