काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई वार्तामा बोलाएका छन् । उनले मंगलबार एक अपिल जारी गर्दै सबै पक्षलाई संयमित हुन र वार्तामा आउन आग्रह गरेका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको जानकारी गराउँदै अहिले लोकतन्त्रको माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नेमा विश्वस्त रहेको बताएका छन् ।
