Logo

कञ्चनपुरमा फरवार्डका चार शाखा औपचारिक रुपमा सञ्चालनमा, सभापति पालद्धारा उद्घाटन

कञ्चनपुरमा फरवार्डका चार शाखा औपचारिक रुपमा सञ्चालनमा, सभापति पालद्धारा उद्घाटन



काठमाडौं । ग्रामिण क्षेत्रको विकास गर्न तथा त्यहाँ रहेका गरिब, कमजोर आर्थिक अवस्था भएका जनतालाई आर्थिक शशक्तिकरणमा जोड्ने हो भने माइक्रोफाइनान्स क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाकी अध्यक्ष भगवती चौधरीले बताएकी छन् ।

laxmi

सुदुरपश्चिम नेपालको कञ्चनपुरमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाका चार शाखा कार्यालय उद्घाटन गर्दै चौधरीले महिलालाई आर्थिक क्षेत्रमा अगाडी बढाउन माइक्रोफाइनान्सले ठूलो भूमिका खेलेको समेत बताइन् ।

फरवार्ड माइक्रोफाइनान्स स्थापनाको उद्देश्य, संस्थाका आर्थिक सामाजिक गतिविधीहरुको समेत चर्चा गर्दै नेकपाकी केन्द्रीय सदस्य समेत रहेकी चौधरीले संस्थाले सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै काम गरेको बताइन् ।

‘फरवार्ड माइक्रोफाइनान्सले ग्रामिण क्षेत्रमा छरिएर रहेका स–साना पूँजीहरुलाई एकत्रित गर्दै महिला शशक्तिकरणमा जोड दिएको छ । हामी समुदायमा कर्जा प्रवाह मात्र गर्दैनौं, हामीले प्रवाह गरेको कर्जाको सहि सदुपयोग होस भनेर, त्यसको अनुगमन, सुपरिवेक्षण गर्छौं, त्यो भन्दा अगाडी सिपसमेत सिकाउँछौं’, नेतृ चौधरीले बताइन् ।

उनले फरवार्ड माइक्रोफाइनान्सको स्थापना महिलालाई आत्मनिर्भर बनाउने तथा समाज रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेलेको बताउँदै सुदुरपश्चिम क्षेत्रमा पनि संस्थाले राम्रो काम गरेको बताइन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेकी संघिय संसदको महिला, बालबालिका समितिकी सभापति निरुदेवी पालले आर्थिक विकास विना समुन्नत नेपालको निर्माण हुन नसक्ने बताउँदै फरवार्ड माइक्रोफाइनान्सले ग्रामिण क्षेत्रको आर्थिक विकासमा टेवा पुर्याएको बताइन् ।

शाखाहरु उद्घाटन गर्दै सभापति पालले महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउन समेत फरवार्डले सहयोग पुर्याएको बताउँदै आर्थिक क्रान्तिपछि समाजमा व्याप्त विभिन्न विक्रिति विसंगति अन्त्य गर्न सहयोग पुग्ने पनि बताइन् । ‘वित्तीय कार्यक्रम मार्फत फरवार्डले देशभरीका महिलाहरुको आर्थिक स्तर उकास्न, शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत सुधार ल्याउन सहयोग गरेको छ भने, समाजमा महिला पुरुषविच समानता कायम गर्न पनि सहयोग गरेको छ ।’ उनले भनिन् ।

अर्का विशिष्ठ अतिथि रहेका पूर्वसांसद कृपाराम रानाले फरवार्ड जस्ता माइक्रोफाइनान्स वित्तीय संस्थाहरुले महिलाहरुलाई आर्थिक क्रान्तिमार्फत समाजमा क्षमता विकास र समानता कायम गर्न सहयोग पुर्याएको बताए ।

कार्यक्रममा फरवार्ड शाखा कार्यालय दैजीका प्रमुख विनोद चौधरीले फरवार्ड शाखा कार्यालयहरुको शाखागत जानकारी गराउँदै सुदुरपश्चिमका महिलाहरुलाई लघुवित्त कार्यक्रममार्फत आर्थिक पहुँच बृद्धि गरी महिला शशक्तिकरणसँगै समाज रुपान्तरणमा समेत सहयोग पुर्याएको बताए । कार्यक्रममा बेलकोट नगरपालिकाका नगरप्रमुख अशोक कुमार चन्द समेतले फरवार्ड माइक्रोफाइनान्सले सो क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।

अनौपचारिक रुपमा केही वर्षदेखि नै सञ्चालित ती शाखाहरु संस्थाकी अध्यक्ष भगवती चौधरी तथा संसदको महिला तथा बालबालिका समितिकी सभापति निरुदेवी पालले उद्घाटन गरेकी हुन् ।

फरवार्डको कञ्चनपुर दैजी शाखा २०७१ सालमा, झलारी ०७४ सालमा, कलकत्ता २०७५ सालमा तथा चाँदनी दोधारा २०७५ सालदेखि नै सञ्चालनमा रहेका छन् । ती क्षेत्रमा रहेका आर्थिक रुपले कमजोर महिलाहरुलाई अगाडी बढाउने सवालमा फरवार्डले उदाहरणीय कार्य गर्दै आइरहेको छ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स २०६९ सालमा सुनसरीको दुहवीमा स्थापना भएको संस्था हो । हाल संस्थाले देशका विभिन्न जिल्लामा ४० भन्दा बढी शाखाहरु सञ्चालनमा ल्याएको छ । ती शाखाहरुमा करिब तीन लाख महिलाहरु आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL