Logo

छिमेक लघुवित्त र इसेवाबीच सम्झौता, लघुवित्तको ऋण इसेवाबाट भुक्तानी गर्न सकिने

छिमेक लघुवित्त र इसेवाबीच सम्झौता, लघुवित्तको ऋण इसेवाबाट भुक्तानी गर्न सकिने



काठमाडौं । छिमेक लघुवित्त र इसेवाबीच सम्झौता भएको छ । सो सम्झौतामा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले हस्ताक्षर गरेका छन ।

laxmi

सम्झौतासँगै संस्थाका सदस्यहरूले आफ्नो किस्ता तथा बचत अब इसेवाबाट भुक्तानी गर्न पाउने भएका छन । विभिन्न क्षेत्रलाई डिजिटल भुक्तानीमा आवद्ध गर्दै लगेको इसेवाले ग्रामिण भेगमा रहेका लघुउद्यमीहरुलाई पनि डिजिटल भुक्तानी गर्न सकिने गरी सेवा सुरू गरेको हो ।

इसेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाईलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका सदस्यले नजिकको इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन् । सम्झौतासँगै लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तथा बचत तिर्न नगद बोकेर कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुने इसेवाले जानकारी दिएको छ ।

लघुवित्तको अनलाइन भुक्तानीबारे इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘ग्रामिण क्षेत्रमा रहेका लघु उद्यमीहरूलाई लघुवित्त संस्थाहरूले निकै राम्रो सेवा दिइरहेको छ । यस्तो अवस्थामा लघुउद्यमीहरूमा पनि डिजिटल भुक्तानीको सुविधा अत्यावश्यक थियो । हाम्रो सहकार्यले अब लघुउद्यमीहरूलाई अनलाइनबाट भुक्तानी गर्न सहज बनाउनेछ र उहाँहरूले घरबाटै बचत गर्न तथा किस्ता तिर्न सक्नुहुनेछ ।’

आफ्ना सदस्यलाई अनलाइन भुक्तानीको सुविधा दिन सुरू गरेको छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शर्मा जोशीले भने अहिलेको डिजिटलाईजेसनको जमानामा क्यासलेस कारोबारका लागि इसेवासँगको सहकार्यले निकै फाइदा पुर्याउने बताए ।

साथै सदस्यहरूले घरबाटै कारोबार गर्न सक्ने भएपछि उनीहरूको समय र यातायात खर्चमासमेत बचत हुने जोशीले जानाकारी दिएका छन । इसेवा मार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL