Logo

इन्फिनिटी लघुवित्तको शाखा र फिल्ड व्यवस्थापन तालिम, उत्कृष्ट शाखा कार्यालयहरुलाई पुरस्कार वितरण

इन्फिनिटी लघुवित्तको शाखा र फिल्ड व्यवस्थापन तालिम, उत्कृष्ट शाखा कार्यालयहरुलाई पुरस्कार वितरण



काठमाडौं । इन्फििनिटी लघुवित्त वित्तीय संस्था लिले शाखा र फिल्ड व्यवस्थापन गर्न फाल्गुण ४ गतेदेखि ५ गतेसम्म २ दिन शाखा प्रमुखहरु र फिल्ड कर्मचारीहरुलाई शाखा तथा फिल्ड व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाको प्रमुख आतिथ्यमा होटल मानरोवर गैंडाकोटमा सो कार्यक्रम सम्पन्न भएको हो ।

उक्त तालिममा संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत कुलचन्द्र पराजुलीले शाखा र फिल्ड व्यवस्थापन कसरी गर्ने सम्बन्धी आफ्नो अनुभव कर्मचारीहरुलाई जानकारी गराएका थिए । यसैगरी वित्त विभागले लेखासम्बन्धी, कर्जा विभागले कर्जा सम्बन्धी, अनुगमन विभागले अनुगमन सम्बन्धी, आन्तरिक लेखापरीक्षण विभागले आन्तरिक लेखापरीक्षण सम्बन्धी, मानव संसाधन विभागले कर्मचारी नीति सम्बन्धी र सूचना तथा प्रबिधि विभागले सूचना प्रबिधि सम्बन्धी शाखा प्रबन्धकहरु र फिल्ड कर्मचारीहरुलाई तालीम प्रदान गरेका थिए ।

उक्त तालिममा सदस्य दोहोरोपना, कर्जा सूचना केन्द्रबाट लिनुपर्ने सूचना, नेपाल राष्ट्र बैंकबाट जारी गरिएको कर्जा लगानी सम्बन्धी एकल सीमा, फिल्डमा देखा परेका वर्तमान समस्याहरुको बारेमा छलफल गरिएको थियो । शाखा व्यवस्थापन तालीमसँगै दोस्रो त्रैयमासको समीक्षामा उत्कृष्ट हुने शाखा कार्यालयहरुलाई पुरस्कार वितरण गरेको थियो ।

संस्थाले हाल २६ जिल्लामा ४९ वटा शाखा कार्यालयमार्फत ३१ हजारभन्दा बढी सदस्यहरूलाई रू. १ अर्व ८८ करोडभन्दाबढी लघुकर्जा प्रवाह गरेको र रू. ६२ करोडभन्दा बढी निक्षेप जम्मा गरी लघुबिमा तथा सुरक्षण र विप्रेषण लगायतका लघुवित्त वित्तीय सेवाहरू प्रदान गर्दे आइरहेको जानकारी प्रमुख कार्यकारी अधिकृत लामाले दिए ।

संस्थाले विपन्न वर्गको उत्थानको लागि आगामी दिनमा शाखा कार्यालय मार्फत ग्राहकमैत्री प्रबिधि, वित्तीय साक्षरता, स्वास्थ्य शिविर लगायतको नवप्रवर्तकारी सेवा तथा कार्यक्रम विस्तार गर्ने लक्ष्य लिइएको व्यहोरा समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL