Logo

समृद्धि फाइनान्स र हिमालयन क्यपिटलबिच पिएमएस व्यवस्थापन सम्बन्धमा सम्झौता

समृद्धि फाइनान्स र हिमालयन क्यपिटलबिच पिएमएस व्यवस्थापन सम्बन्धमा सम्झौता



काठमाडौं । समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेडबीच पिएमएस व्यवस्थापन सम्बन्धमा सम्झौता भएको छ । यस सम्झौता अनुसार हिमालयन क्यपिटल लिमिटेडले उक्त संस्थामा आवद्ध ग्राहकहरुको पिएमएस व्यवस्थापनको लागि आवश्यक बैकिंङ्ग सुविधको लागि समृद्धि फाइनान्स मार्फत सहकार्य गर्ने सम्झौता भएको छ ।

laxmi

उक्त सम्झौता पत्रमा समृद्धिको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत टिकानिधी लोहनी रहिमालयको तर्पmबाट प्रमुखकार्यकारी अधिकृत परमेश्वर पन्तले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौतापत्र समृद्धि फाइनान्सको पुतलिसडक शाखामा भएको थियो ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदानग रिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL