Logo

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महिला बाइक राइडरहरुको स्वागत कार्यक्रम सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महिला बाइक राइडरहरुको स्वागत कार्यक्रम सम्पन्न



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा विभिन्न सामाजिक सेवासम्वन्धि कार्य गर्दै आएकोमा ‘स्टप सेकसुअल भाइलेन्स’ भन्ने नारा बोकी सोसम्बन्धी जनचेतना कार्यक्रमका राइडरलाई स्वागत गरेको छ ।

laxmi

बैंंकले जनचेतना फैलाउने उद्देश्यका साथ हाम्रो छिमेकी मुलुक भारतबाट सन् २०२३, अक्टोबर १ का दिन मोटरसाइकलमा नेपाल आएका दुई महिला बाइक राइडरलाई मंगलबार बैंकको केन्दि«य कार्यालय बालुवाटार काठमाडौंमा स्वागत गरेको हो ।

सो स्वागत कार्यक्रममा बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी हेमन्त कुमार प्रसादद्वारा भारतबाट नेपाल आएका बाइक राइडर द्वय सुश्री स्वाती आर र सुश्री अनिता एमको एक कार्यक्रम वीच स्वागत गर्दै आफ्नो मन्तब्य व्यक्त गरे ।

यस स्वागत कार्यक्रमले बाइक राइडरलाई प्रेरणा मिल्ने र सो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास बंैकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL