Logo

Global_Ime

एभरेस्ट बैंकद्वारा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान, सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना

एभरेस्ट बैंकद्वारा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान, सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना



काठमाडौँ । विशेष कार्यक्रमका बिच एभरेस्ट बैंक लिमिटेडले आफ्नो २९ औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू आयोजना गरेको हो ।

Laxmi_sunrise
Kumari

बैंकका २०० भन्दा बढी कर्मचारीहरूका बिच सम्पन्न उक्त कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विशेष सम्मान गरेका थिए ।

यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री कोपिला भ्याली सेवा समाज सुर्खेतलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका नायब महाप्रबन्धक केशव प्रसाद पौडेलले श्री कोपिला भ्याली सेवा समाज सुर्खेतको तर्फबाट ब्लिङ्कनाव फाउण्डेशनका राष्ट्रिय प्रतिनिधि डा। एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

सो कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र बजार अधिकृत एलिना कार्की तथा बिल्ङक नाउ फाउण्डेसनका तर्फबाट साझेदारी प्रबन्धक अस्रिना रञ्जितको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC