Logo

नबिल बैंकको नाफा ५ अर्ब ११ करोड, प्रतिशेयर आम्दानी बढ्यो

नबिल बैंकको नाफा ५ अर्ब ११ करोड, प्रतिशेयर आम्दानी बढ्यो



काठमाडौं । नबिल बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा विवरण अनुसार बैंकले सो अवधिसम्ममा ५ अर्बभन्दागत वर्षको सोहि अवधिको तुलनामा ५२.६३ प्रतिशत नाफामा वृद्धि गरेको बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ।

laxmi

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशत, कुल सञ्चालन आम्दानी ७१.७९ प्रतिशत बढाएको छ । बैंकको निष्क्रिय कर्जा १.१४ प्रतिशतबाट बढेर ३.८७ प्रतिशत पुगेको छ । सो बापत बैंकको इम्पेरमेन्ट चार्ज ६१ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ८२ पैसा बढेर २५ रुपैयाँ २१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ७ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL