Logo

सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सम्झौता, बैंकका ग्राहकलाई सिद्धार्थका सेवामा विशेष छुट

सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सम्झौता, बैंकका ग्राहकलाई सिद्धार्थका सेवामा विशेष छुट



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ । सिद्धार्थका विभिन्न सेवाहरुमा बैंकका ग्राहकलाई २० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि उक्त सम्झौता भएको हो ।

laxmi

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको देशभरि संचालनमा रहेका होटेल तथा रेष्टुरेन्टहरुमा खानामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका तर्फबाट बजार प्रबन्धक निपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४३ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL