Logo

राष्ट्र बैंकद्वारा कार्कीको संयोजकत्वमा बैकिङ क्षेत्र सुधारका लागि सुझाव उपसमिति गठन

राष्ट्र बैंकद्वारा कार्कीको संयोजकत्वमा बैकिङ क्षेत्र सुधारका लागि सुझाव उपसमिति गठन



काठमाडौं । नेपाल राष्ट्र बैंकले सुधार सुझाव उपसमिति गठन गरेको छ । बैंकिङ क्षेत्रका विद्यमान समस्या समाधानमा सघाउनका लागि यो समिति गठन गरिएको बैंकले जनाएको छ ।

रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित उपसमितिमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल र राष्ट्र बैंक नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेल सदस्य रहेका छन् ।

‘बैंकिङ क्षेत्र सुधार तथा विकास सुझाव उपसमिति’ नाम दिइएको उपसमितिलाई सुझावसहितको प्रतिवेदन दिने पेस गर्न समयावधि दिइएको छ ।

उपसमितिले समग्र बैकिङ क्षेत्रको समस्या समाधानका लागि सुझाव दिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This