Logo

महालक्ष्मी विकास बैंकको सीईओमा देवकोटा नियुक्त, २५ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव

महालक्ष्मी विकास बैंकको सीईओमा देवकोटा नियुक्त, २५ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव



काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।

laxmi

केही दिनअघि मात्रै सिटिजन्स बैंकको डेपुटी सीईओबाट राजिनामा दिएर देवकोटाले सिटिजन्स बैंकसँग बिदा भएका भएका थिए ।

स्थापनाकालदेखि नै सिटिजन्स बैंकसँग जोडिएका देवकाटासँग २५ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

सिटिजन्स बैंकमा उनले झण्डै ११ महिना डेपुटी सीईओको रुपमा काम गरेका थिए । देवकोटाले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल गरेका छन् ।

त्यस्तै, त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मकाे अध्ययन पूरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL