Logo

एभरेष्ट बैंकद्वारा जानकी मन्दिरमा क्युआर कोड सुरु, नगदरहित भेटी चढाउने सेवा सुरु

एभरेष्ट बैंकद्वारा जानकी मन्दिरमा क्युआर कोड सुरु, नगदरहित भेटी चढाउने सेवा सुरु



काठमाडौं । एभरेष्ट बैंकले जनकपुरस्थित जानकी मन्दिरमा क्युआर कोडबाट नगदरहित भेटी चढाउने सेवा सुरु गरेको छ ।

laxmi

बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमार र जानकी मन्दिरका महन्त रामतपेश्वर दासले संयुक्त रुपमा उक्त क्युआर कोड भेटी सेवाको शुभारम्भ गरे ।

समारोहमा पुष्पराज उप्रेती, एभरेष्ट बैंकका मर्केटिङ्ग प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारिको पनि उपस्थिती थियो । उक्त समारोहमा बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमारले यस नयाँ सेवाको प्रयोगले भक्तजनले सजिलै क्युआर कोड प्रयोग गरी भेटी चढाउन सकिने र सो भेटी वास्तविक समयमै जानकी मन्दिरको जनकपुर शाखामा रहेको खातामा जम्मा हुने उनले जनाकारी दिए ।

स्थापनाकाल देखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL