Logo

बैंक अफ काठमाण्डूको क्यूआर कोड सुबिधा विभिन्न बस सेवाहरुमा, २२ वटा बसमा सेवा शुभारम्भ

बैंक अफ काठमाण्डूको क्यूआर कोड सुबिधा विभिन्न बस सेवाहरुमा, २२ वटा बसमा सेवा शुभारम्भ



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्यूआर कोड विस्तारित गर्ने क्रममा पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा भाडा संकलनार्थ क्यूआर कोड को सेवो बिहिबार एक औपचारीक कार्यक्रमका बिच शुभारम्भ भएको हो ।

laxmi

उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश नं १ को प्रादेशीक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधीहरुलाई क्यूआर कोड हस्तान्तरण गरे ।

यस सेवाको शुभारम्भ संगै श्री पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म यात्रा गर्ने सबैले बसमा राखिएको बैंक अफ काठमाण्डू लिमिटेडले हस्तान्तरण गरेको क्यूआर कोड लाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नेछन् ।

साथै, श्री कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरुले काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म बस सेवाको सुबिधा दिईरहेकोमा अब उपरान्त् यस बससेवा प्रयोग गर्ने सम्पूर्णले क्यूआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

साथै, यस बैंकद्वारा राखिएको क्यूआर कोड छोटो दुरीको यातायात सेवाहरुमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म सञ्चालित हुने श्री सुपर जनसेवा यातायात समितिका ५ बसहरुमा क्यूआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सकिनेछ । आदरणीय सेवाग्राहीहरुले टिकट काउन्टरमा टिकट दर्ता गरी भुक्तानी गर्दा वा सिधै बसमा नै भाडा भुक्तानी गर्दा बैंकद्वारा हस्तान्तरण गरीएको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिनेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना शाखा कार्यालयहरुलाई परिचालन गरी देशका विभिन्न ब्यापारीक तथा अन्य स्थानहरुमा क्यूआर कोड राखी डिजिटल कारोबारको लागी ग्राहक महानुभावहरुलाई उत्प्रेरित गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL