Logo

प्रभु बैंकको क्यूआर कोड सेवा बिस्तार, पोखराको तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई हस्तान्तरण

प्रभु बैंकको क्यूआर कोड सेवा बिस्तार, पोखराको तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई हस्तान्तरण



काठमाडौँ । प्रभु बैंकले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्न क्यूआर कोड हस्तान्तरण गरिएको छ ।

laxmi

फेवातालको बिचमा रहेको बाराही मन्दिरमा भएको एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले क्यू आर कोड हस्तान्तरण गरेका हुन् ।

यो सुविधा संगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL