Logo

सिटिजन्स बैंक र एएसजिआइ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

सिटिजन्स बैंक र एएसजिआइ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एएसजिआइ केयर एण्ड हेल्थ सर्भिसेस प्राली बानेश्वरबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

laxmi

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहकहरुले एएसजिआइ केयर एण्ड हेल्थ सर्भिसेस प्रालीमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL