Logo

कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युतमा सहवित्तीयकरण सम्झौता, ५ अर्व ८१ करोड प्रवाह हुने

कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युतमा सहवित्तीयकरण सम्झौता, ५ अर्व ८१ करोड प्रवाह हुने



काठमाडौं । कुमारी बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण कर्जा अन्तर्गत अपर राहुघाट जलविद्युत परियोजनाको लागी आवश्यक वित्तीय व्यावस्थापन भएको छ ।

laxmi

तुदि पावर कम्पनीले निर्माण गर्न लागेको म्याग्दि जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाको लागी आवश्यक वित्तीय व्यावस्थापन कुमारी बैंकले गरेको हो ।

उक्त सहवित्तीयकरण सम्झौता अन्तर्गत कुमारी बैंक, बाहेक ग्लोबल आइएमई बैंक सह–अगुवाई बैङ्कको रुपमा रहेको छ भने अन्य सहभागी बैंकको रुपमा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एन्ड कमर्ज बैंक र माछापुच्छ्रे बैंक रहेका छन् ।

यस परियोजनाको कूल लागत खर्च ८ अर्व ३० करोड मध्ये सहवित्तीयकरण बैंकहरुबाट जम्मा ऋण कर्जा ५ अर्व ८१ करोड प्रवाह हुनेछ । प्रवर्धक कम्पनीको मुख्य लगानीकर्ताको रुपमा हिमालयन इन्फ्रास्ट्रक्चर फन्ड, तुदि इन्भेष्टमेन्ट कम्पनी र महेश्वर प्रकाश श्रेष्ठ रहने छन् भने वैदेशिक लगानीकर्ताको रुपमा चिनियाँ कम्पनी, सिचुवान जी अन्ताई एनर्जी डेभेलपमेन्ट कम्पनी रहनेछ ।

परियोजनाबाट विस २०८० सम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता क्षेत्र अन्तर्गत पर्ने हुनाले, बैंक तथा वित्तीय संस्थाहरुले यस क्षेत्रमा लगानीको दायरा बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL