Logo

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ भर्ने म्याद आजदेखि सकिँदै, कार्यालय समयसम्म आवेदन दिन सकिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ भर्ने म्याद आजदेखि सकिँदै, कार्यालय समयसम्म आवेदन दिन सकिने



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रुपैयाँ बराबरको आईपीओमा आवेदन दिने समय आजदेखि सकिँदै छ ।

laxmi

नेपालकै सबैभन्दा ठूलो ८ करोड कित्ता साधारण शेयरका लागि माघ २ गते शुक्रबारदेखि खुला भएको आईपीओमा आवेदन दिने समय आज आज (माघ ६ गते) सकिन लागेको हो । 

बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ। त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ। बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

हिँजो ५ बजेसम्म  ११ लाख ७७ हजार ९२० वटा आवेदकले १४ करोड १९ लाख ९६ हजार ४२० कित्ता अर्थात १४ अर्ब १९ करोड ९६ लाख ४२ रुपैयाँ बराबर शेयर खरिदका लागि आवेदन दिइसकेका छन् । उक्त आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको १ दशमलव ८७ गुणा बढी हुन आउछ।

बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। आइपीओमा कार्यालय समयसम्म आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL