GBIME

कुमारी बैंकको क्यूआर क्यास विथ ड्र सेवा शुरु, क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद विथ ड्र गर्न सकिने


बिजखबर संवाददाता
13 January, 2021 2:24 pm

QR_Cash-Teller

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर स्क्यान एण्ड विथ ड्र सुविधाको थालनी गरेको छ ।

NLIC
LAXMI

उक्त सुविधाअन्तर्गत कुमारी बैंकका ग्राहकवर्गहरुले बिना कार्ड या चेक आफ्नो कुमारी स्मार्ट मोबाइल एप्लिकेसन मार्फत टेलरमा राखिएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद विथ ड्र गर्न सक्नेछन् ।

ग्राहकले बैंकका हरेक शाखा तथा एक्सटेन्सन काउण्टरमा राखिएका क्यूआर कोड अंकित टेलर स्ट्याण्डमार्फत उक्त सेवाको लाभ लिन सक्नेछन् । क्यूआर प्रणालीमार्फत निकालिने नगद कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ्ग र कार्डको दैनिक कारोबार सीमा अन्तर्गत नै पर्नेछ ।

कोभिड–१९को विश्वव्यापी महामारीको विषम परिस्थितिमा यस सुविधाले कर्मचारी र ग्राहकको स्वास्थ्य र सुरक्षामा हानी नपुग्ने तथा टेलर स्टाफ र ग्राहक दुवैको समय बचत हुने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL