GBIME

एभरेष्ट बैंकका लगानीकर्ताले साढे १० प्रतिशत लाभांस पाउने, यस्तो छ सेयर र नगदको अनुपात


बिजखबर संवाददाता
11 January, 2021 5:24 pm

everest bank 26th AGM

काठमाडौं । एभरेष्ट बैंकले आफ्ना सेयरधनीहरुलाई साढे १० प्रतिशत लाभांस दिने भएको छ । बैंकको सोमबार जुममार्फत बसेको २६ औं बार्षिक साधारणसभाले ५ प्रतिशत बोनस सेयर र ५ दशमलव ५३ प्रतिशत नगल लाभांस प्रस्ताव पारित गरेको हो ।

NLIC
LAXMI

बैंकको साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

बैंकले प्रस्तावित बोनस सेयर जारी भए पश्चात चुक्ता पुँजी बृद्धि हुने र नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक समूहको ९ दशमलव ९१ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिणत भए पश्चात संस्थापक समूह र सर्वसाधारण समूहको सेययर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्र संशोधन गर्नुपर्ने प्रस्तावसमेत छलफल गरि पारित गरेको छ ।

यस्तै साधारणसभामा आगामी ४ बर्षका लागि सर्वसाधारण सेयरधनिहरुका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालक नबिन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठ निर्विरोध निर्वाचित भएको भनि निर्वाचन अधिकृतले घोषणासमेत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL