Logo

ग्लोबल आइएमई बैंक र हेफर इन्टरनेशनलबीच सम्झौता, कृषि उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरिने

ग्लोबल आइएमई बैंक र हेफर इन्टरनेशनलबीच सम्झौता, कृषि उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरिने



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुच बढाउने उद्धेश्य पुरा गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका हुन् ।

laxmi

समझदारी पत्र अनुसार ग्लोबल आइएमई बैंकले गुल्मी जिल्लाका विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेति, कुखुरापालन, बङुरपालन, माछापालन तथा फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ । यस्तै हेफर इन्टरनेशनलले सहकारीको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

उक्त समझदारीले गुल्मी जिल्लाका महिला, सिमान्तकृत तथा पूजीँ अभावका कारण पछाडि परेका स्थानीय कृषि उद्यमीहरुको जिवनस्तर उकास्न उल्लेख्य योगदान पुर्याउने बताईएको छ । यससँगै बैंकले बैंकिङ साक्षरता तथा सूचना प्रविधिको प्रयोग गर्न स्थानीय कृषकहरुलाई प्रोत्साहन गर्नेछ ।
मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २ सय ६४ शाखा सहित ८ सय सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL