Logo

सिन्धुपाल्चोकमा ग्लोवल आइएमईको २ शाखारहित बैंकिङ सेवा, आइतवारदेखि सेवा सुरु

सिन्धुपाल्चोकमा ग्लोवल आइएमईको २ शाखारहित बैंकिङ सेवा, आइतवारदेखि सेवा सुरु


बिजखबर संवाददाता
0
Shares

ग्लोबल आइएमई बैंकले भुकम्प प्रभावित सिन्धुपाल्चोक जिल्लाको थुमपाखर गाविस र सानोपलाती गाविसमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा आइतवारदेखि बैंकिङ सेवा सुरु गरेको हो ।

थुमपाखर गाविसमा खोलिएको सेवाको आत्मनिर्भर बचत तथा सहकारी संस्थाका व्यवस्थापक बिचारी प्रसाद प्याकुरेलले उदघाटन गरे । त्यस्तै सानोपलाती गाविसमा खोलिएको सेवाको स्थानीय समाजसेवि रामशरण राउतले उद्घाघाटन गरेको बताइएको छ ।

स्थानीयले बैंकिङ्ग सेवा लिन टाढा सम्म धाउनुपर्ने बाध्यतालाई हटाउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको जानकारी दिएको छ । सेवा सुरु भएपछि थुमपाखर र सानोपलातीका बासिन्दाले घरदैलोबाटैे बैंकिङ्ग सेवा प्राप्त गर्ने बताइएको छ ।

बैंकको थुमपाखरमा सुरु गरेको सेवा सञ्चालनका लागि स्थानिय अमृत कुमार कार्मी र सानोपलातीमा सुरु गरेको सेवाको लागि स्थानिय हरिचरण पौड्याललाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ ।

यी दुई शाखारहित सेवासँगै ग्लोबल आइएमई बैंकका ८८ शाखा, ९२ एटिएम र ३७ शाखारहित बैंकिङ्ग सेवा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL