Logo

एसविआई बैंक र डा लाल प्याथल्यावबीच सम्झौता, बैंकका कार्ड होल्डरले ल्याबमा १५ प्रतिशतसम्म छुट पाउने

एसविआई बैंक र डा लाल प्याथल्यावबीच सम्झौता, बैंकका कार्ड होल्डरले ल्याबमा १५ प्रतिशतसम्म छुट पाउने



काठमाडौं । नेपाल एसविआई बैंकका ग्राहकले डा. लाल प्याथल्याव नेपालमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । एसविआई बैंकका भिसा डेविट कार्ड प्रयोगकर्ता ग्राहकले डा. लाल प्याथल्यावमा विभिन्न सुविधामा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

यस विषयमा बैंक र डा. लाल प्याथल्याव विच आपसी समझदारी समेत कायम भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कार्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा सो छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपिराज पन्त तथा डा. लाल प्याथल्याब नेपालका क्षेत्रीय विक्रि प्रबन्धक प्रविन कुमार सिंहले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL