Logo

सानिमा बैंकले गर्याे कर्पाेरेट पे प्रणालीको सुरुवात, अब तेस्रो पक्षलाई भुक्तानी गर्दा बैंक खाताबाट गर्न सकिने

सानिमा बैंकले गर्याे कर्पाेरेट पे प्रणालीको सुरुवात, अब तेस्रो पक्षलाई भुक्तानी गर्दा बैंक खाताबाट गर्न सकिने



काठमाडौं । सानिमा बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक ‘कर्पाेरेट पे’ प्रणालीको सुरुवात गरेको छ । कर्पाेरेट पे सोलुसन नेपाल क्लियरिङ हाउसद्धारा प्रवर्धित बैंकिङ कारोबार गर्ने विद्युतीय माध्यम हो ।


बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुलाई प्रदान गरेको उक्त डिजिटल भुक्तानी प्रणाली मार्फत कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु बंैक खाताबाट सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी गर्न सक्नेछन् ।

उक्त प्रणालीमा आबद्ध हुनका लागि व्यवसायिक ग्राहकले आवश्यक प्रकृया पूरा गरी आफैले तोकेको कारोबार सीमा भित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् । यस प्रणालीमा मल्टीलेयर अथेन्टीकेशनको सुरक्षित व्यवस्था गरिएको छ । कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताहरुले मात्र प्रयोग गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This