Logo

प्रभु बैंकको सेवा बिस्तार, जिल्ला प्रशासन कार्यलय सुर्खेतमा खुल्यो नयाँ एक्स्टेन्सन काउण्टर

प्रभु बैंकको सेवा बिस्तार, जिल्ला प्रशासन कार्यलय सुर्खेतमा खुल्यो नयाँ एक्स्टेन्सन काउण्टर



काठमाडौ । प्रभु बैंकले सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

सुर्खेतस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट कार्तिक २७ गते देखि नै कारोबार सुरु गरिएको बैंकले जानकारी दिएको छ । 

अब प्रभुको एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । 

बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा ग्राहकहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

बैंकले २११ वटा शाखा कार्यालय, २०१ वटा एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर तथा १८ वटा शाखा रहित बैंकिङ्ग सेवा दिदै आइरहेको  छ । 

प्रतिक्रिया दिनुहोस्
MBL