Logo

साङ्ग्रिला बैङ्क र लक्ष्मी कमर्सियलबीच सम्झौता, १२.५ प्रतिशत ब्याजदरमा गाडी कर्जा

साङ्ग्रिला बैङ्क र लक्ष्मी कमर्सियलबीच सम्झौता, १२.५ प्रतिशत ब्याजदरमा गाडी कर्जा


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेड र लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि. बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

laxmi

बैङ्क र कम्पनी बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता भएको हो ।बैङ्कको प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.का कार्यकारी निर्देशक निराकर श्रेष्ठले सझौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैङ्कका ग्राहकले लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.बाट नयाँ गाडी खरिद गर्न चाहेमा १२.५ प्रतिशत ब्याजदरमा गाडीको मूल्यको अधिकतम ७५ प्रतिशतसम्म कर्जा सुविधा पाउनेछन् ।  कर्जा बैङ्कका हाल सञ्चालनमा रहेका ९१ वटै शाखाहरूबाट प्रदान गरिने बैङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL