Logo

सानिमा बैंकको क्रेडिट कार्ड अनलाइनबाटै आवेदन दिन मिल्ने, कार्ड लिनेलाई विभिन्न सुविधा

सानिमा बैंकको क्रेडिट कार्ड अनलाइनबाटै आवेदन दिन मिल्ने, कार्ड लिनेलाई विभिन्न सुविधा



काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखेर अनलाइनमार्फत् क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ । ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेबसाइटमा गएर ‘क्रेडिट कार्ड आवेदन’ मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरेर आवेदन दिन सकिने बैंकले जनाएको छ ।

फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड उपलब्ध गराइने समयसम्बन्धी जानकारी इमेल तथा फोनमार्फत् गराइने बैंकले जानकारी गराएको छ ।

क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुन्छ । यो सुविधा यही असोज ६ गतेदेखि संचालनमा ल्याएको बैंकले जनाएको छ । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरेर अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिन्छ ।

सानिमा बैंकले डिजिटल बैंकिङ प्रणालीलाई प्राथमिकता दिँदै समयानुकूल विभिन्न ग्राहकमैत्री सेवा तथा सुविधाहरु परिस्कृत रुपमा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL