Logo

मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियरबीच सम्झौता, बैंकका ग्राहकलाई कम्पनीका सेवामा छुट

मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियरबीच सम्झौता, बैंकका ग्राहकलाई कम्पनीका सेवामा छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियरबीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच बैंकका ग्राहकहरुलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

laxmi

उक्त सम्झौतापत्रमा हाउस अफ ईन्टेरियरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर ज्ञवाली र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव सहायक प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले हाउस अफ ईन्टेरियरका सेवाहरुमा(इन्टेरियर प्रडक्ट, इलेक्ट्रिसिटी, मारबल, फर्निचर एण्ड फिक्स्चर, फर्निसिङ्ग, उडवर्कस्, थ्रीडी डिजाइन तथा अत्य इन्टेरियर डिजाइनिङ) आकर्षक छुट पाउने व्यवस्था गरिएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL