Logo

मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच रेमिट्यान्स भुक्तानीको लागि सम्झौता

मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच रेमिट्यान्स भुक्तानीको लागि सम्झौता



काठमाडौ । मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक बीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैंकको करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

laxmi

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र नेपाल क्रेडिट एण्ड कमर्स बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेका छन् ।

यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ । बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंकले ब्यालेन्स सर्टिफिकेट, चेक बुक, गुड फर पेमेन्ट चेक अन्तर शाखा बैंकिङ कारोबार सेवा निशुल्क प्रदान गर्दै आईरहेको छ । साथै बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटिएमबाट विना शुल्क र कम झिक्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL