Logo

ग्लोबल आइएमई बैंकको बड्डीचौर एक्सटेन्सन काउण्टर सञ्चालनमा

ग्लोबल आइएमई बैंकको बड्डीचौर एक्सटेन्सन काउण्टर सञ्चालनमा



काठमाडौं । ग्लोबल आइएमई बैंकले सुर्खेतको बड्डीचौरमा आफ्नो नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

laxmi

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं. ५, बड्डीचौरमा बैंकिङ सेवा प्रदान गर्ने गरी एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७० वटा जिल्लामा फैलिएको शाखा सञ्जाल सहित २ सय ३३ एटिएम, ३९ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २०१ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना १९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL