Logo

ग्लोबलले साना तथा मझौला व्यवसायी कर्जा ३ दिनमै दिने, व्याजदर ८.९९ प्रतिशत

ग्लोबलले साना तथा मझौला व्यवसायी कर्जा ३ दिनमै दिने, व्याजदर ८.९९ प्रतिशत



काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै मात्र ८.९९५ व्याजदरमा साना तथा मझौला व्यवसायी कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले, कोरोना ९कोभिड–१९०ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ छोटो अवधिमै कर्जा प्रवाह गर्न लागेको हो ।

कर्जा लिन चाहनेले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्न सकिन्छ । ग्राहकहरुले नेपालभरी फैलिएका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

यस सेवा अन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा रु। १५ लाख देखि देखि रु। १ करोड सम्म कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL