Logo

उर्जा बचत कार्य गरे वापत राष्ट्रिय वाणिज्य बैंकद्धारा अनुदान हस्तान्तरण, कस–कसले पाए ?

उर्जा बचत कार्य गरे वापत राष्ट्रिय वाणिज्य बैंकद्धारा अनुदान हस्तान्तरण, कस–कसले पाए ?



काठमाडौं । उर्जा बचत कार्य गरे वापत राष्ट्रिय वाणिज्य बैंकले बिभिन्न कम्पनीहरुलाई अनुदान रकम हस्तान्तरण गरेको छ ।

बैकले जर्मन सरकारको सहयोगमा संचालित इर्नर्जी ईफिसेन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रम अन्तरगत अशोक स्टील इन्डस्ट्रिज प्रालिलाई एक करोड रुपैंया, सीताराम गोकुल मिल्क्स लाई २० लाख एक हजार एक सय एकतीस रुपैंया, गोइन्का स्टील प्रालिलाई पांच लाख ६० हजार चार सय रुपैंया रकम मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुंदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक एक समारोहका बिच हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे । उनले अन्य बैंकको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको आधार दर ( छ दसमलव सात प्रतिशत) कम भएकाले कर्जा सुविधा लिन पनि आव्हान गरे ।

नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम बैंकले इर्नर्जी ईफिसेन्सी प्रोग्राम नेपाल आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट एक्जुुकेटिभ एजेन्सी (पिईए) रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ ।

यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ ।

यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL