Logo

शनिबार पनि बैंकहरु खुल्ने, क्लियरिङ हाउससमेत खोल्न निर्देशन

शनिबार पनि बैंकहरु खुल्ने, क्लियरिङ हाउससमेत खोल्न निर्देशन



काठमाडौं । भोली अर्थात शनिबार पनि बैंकहरु खुला रहने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको हो । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्त्सम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकका अनुसार भोली बैंकमात्रै नभएर क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत खुला रहनेछ । सरकारलाई तिर्नुपर्ने राजस्व तिर्न असार मसान्तसम्म शनिबारमात्रै होइन अन्य सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकहरूलाई खुला राख्न निर्देशन दिने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL