Logo

ग्लोबल आइएमई बैंकद्वारा प्रदेश २ सरकारलाई आर्थिक सहयोग

ग्लोबल आइएमई बैंकद्वारा प्रदेश २ सरकारलाई आर्थिक सहयोग



काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. २ सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ ।

बुधबार बैंकको प्रदेश नं. २ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश नं. २ का माननीय मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन ।

मुख्यमन्त्री राउतले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL