Logo

एनएमबी बैंकद्धारा अन्तर्राष्ट्रिय वित्त निगमसँग २५ मिलियन डलर पुनर्कर्जाका लागि समझदारीमा हस्ताक्षर

एनएमबी बैंकद्धारा अन्तर्राष्ट्रिय वित्त निगमसँग २५ मिलियन डलर पुनर्कर्जाका लागि समझदारीमा हस्ताक्षर



काठमाडौं । एनएमबी बैंकले विश्व बैंक सदस्य समूह अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट अमेरिकी डलर २५ मिलियन पुनः कर्जाका लागि समझदारीमा हस्ताक्षर गरेको छ ।

laxmi

एनएमबी दुई वर्षको अवधिमा आईएफसीबाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यो वैदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हो ।

समझदारीमा एनएमबी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आईएफसीका निमित्त आवासीय प्रतिनिधि सन्तोष पाण्डेले हस्ताक्षर गरे ।

यस वित्तीय समझदारीले कोभिड १९ को कारणले आइपरेको कठिनाइहरूका बीचमा साना तथा मझौला उद्यमी वर्गका लागि आवश्यक कर्जाको आपूर्ति गर्नुका साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्ने बैंकले जनाएको छ ।

अमेरिकी डलर २५ मिलियनको यस कर्जाले प्राथमिकताका क्षेत्रहरू, विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरूको सशक्तीकरणमा सघाउ पुर्याउन सदुपयोग गरिने बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL