Logo

बैंक अफ काठमाण्डूको सामाजिक उत्तरदायित्व, बीर अस्पताललाई २ सय थान पीपीई हस्तान्तरण

बैंक अफ काठमाण्डूको सामाजिक उत्तरदायित्व, बीर अस्पताललाई २ सय थान पीपीई हस्तान्तरण



काठमाडौं । बैंक अफ काठमाण्डूले बीर अस्पताललाई २ सय थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्तरगत अस्पताललाई २ सय थान व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरेको हो ।

laxmi

बैंकले उक्त उपकरण चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका उप कुलपति डा देव नारायण शाहलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो । बैंकले २ सय थान व्यक्तिगत सुरक्षात्मक उपकरण, २ सय थान मास्क र २ सय थान फेस सील्डसमेत हस्तान्तरण गरेको छ ।

उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरुले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनकाबीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने बैंकको विश्वास रहेको छ ।

लकडाउनको अवधिमा अत्यावश्यक सेवा अन्तरगत बैंकले एटिएम सेवा, नगद काउन्टर, रेमिटाान्सलगायत एलसी, ग्यारेन्टी जस्ता सेवा सुविधाहरु प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङलगायतका माध्यमहरुको अत्याधिक प्रयोगलाई उचित बढावा र प्रोत्साहन दिदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL